www.tandavnews.com
Fact ~ In search of truth

पोखराका विद्यार्थी संगठनद्धारा बन्द विरोधमा बाइक र्‍याली

हड्ताल सफल पार्न चोकचोकमा प्रचण्ड - माधव समूहका कार्यकर्ता तैनाथ

पोखरा,
ताण्डव न्यूज ।

नेकपाका प्रचण्ड माधव समुहले गरेको आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ ।

नेकपाका प्रचण्ड नेपाल समुहले हिजो देशभर घोषणा गरेको आम हड्ताललाई सफल पार्नका लागी यस समुहका कार्यकर्ता पोखराका मुख्यचोक चोकमा तैनाथ भएका छन् ।तैनाथ कार्यकर्ताले चलेका सवारी साधनलाई मुख्यचोकहरुबाट फर्काइदिएका छन् ।

Batas

चिप्लेढुंगा, महेन्द्रपुल,पृथ्वीचोक लगायतका मुख्य चोकमा प्रचण्ड माधव समुहका कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ भने सुरक्षाका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी तैनाथ रहेका छन् ।

यसैबीच पोखरामा विद्यार्थी संगठन अनेरास्ववीयुले बाइक र्याली निकालेको छ । नेपाल खुल्ला छ भन्ने सन्देश दिनका लागी आफुहरुले आज बाइक र्याली निकालेको विद्यार्थी नेता साजन सुवेदीले बताए । उनले आफ्नो स्वार्थका लागी नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुःख दिने प्रवृति रहेकाले नेपाल जनताका लागि सधै खुल्ला छ भन्ने सन्देश दिनका लागी आफुहरुले बाइक र्याली निकालेको बताए ।

उनले भने,‘ आज भन्दा १० वर्ष अगाडिबाट आफूलाई चित्त नबुझेका प्राप्तीका लागी बन्द गर्ने जनतालाई जुन खालको दुःख दिने प्रवृति थियो , आज पनि सत्ता प्राप्तीका लागी जनतालाई दुःख दिने प्रवृति सिर्जना भएको छ । आफ्ना स्वार्थका निम्ती जनतालाई दुख दिन हुन्न, जनताले काम गरेर खाने वातावरण सिर्जना गरिनुपर्छ भन्ने उद्येश्यका साथ यो र्याली निकालेका हौँ । ’

पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको विद्यार्थी संगठनको र्यालीले चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक, एयरपोर्ट,पृथ्वीचोक, महेन्द्रपुल लगायतका पोखराका मुख्य बजार परिक्रमा गर्नेछ ।

उनीहरुले हाम्रो नेपाल खुल्ला छ , बन्द गर्न पाइदैन, बन्दकारहरु होसियार लगायतका नारा लगाउँदै हिडेका छन् ।
आमहड्तालका कारण पोखरामा छोटा तथा लामा दुरीका सार्वजनिक सवारी साधन चल्न सकेको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.