www.tandavnews.com
Fact ~ In search of truth

हड्तालका कारण प्रधानमन्त्री ओलीको पर्वत कार्यक्रम रोकियो

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री के.पी. शर्मा ओली पर्वत आउने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसार सहित सब स्टेसनमा भव्य तयारी गरिएको भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो । ओली पक्षको नेकपाका केन्द्रीय सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीका अनुसार प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण पर्वत आउने कार्यक्रम रोकिएको हो ।

Batas

सुरक्षा थ्रेटका कारण प्रधानमन्त्री आउने नसक्ने अवस्था भएको हो? भन्ने प्रश्नमा केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री वा अरू कसैलाई पनि सुरक्षा थ्रेट नरहेको तर कार्य व्यस्तताका कारण नै पर्वत आउन सक्ने अवस्था नरहेको उनको भनाई छ।

संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले देशव्यापी रूपमा हडतालको आह्वान गरेकै दिन बिहीबार प्रधानमन्त्री के.पी. शर्मा ओली पर्वत आउँदा सुरक्षा जोखिम हुने भएकाले प्रधानमन्त्री ओली आउने कार्यक्रम रोकिएको धेरैको अनुमान छ ।

प्रधानमन्त्री ओली नआउने भएपछि पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०/३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०/१३२/३३ केभि सबस्टेशनको उद्घाटन उर्जामन्त्री टोपबहादुर रायमाझीले गर्ने भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.