www.tandavnews.com
Fact ~ In search of truth

‘आफूले चलाउने ट्याक्सी आँखै अघि जलिरह्यो, म हेरिरहेँ”

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले बिहीबार अह्वान गरेको देशव्यापी आमहड्तालका क्रममा काठमाण्डौको गोँगबुमा जलाईएको ट्याक्सीबारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

बिहीबार बिहानै काठमाडौंको सामाखुसी चोक नजिक एउटा ट्याक्सीमा आगजनी भएको छ । अज्ञात व्यक्तिले लगाएको आगोका कारण प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा जलेको छ ।

Batas

ट्याक्सीमा कसले आगजनी ग¥यो भन्ने विषय खुलेको छैन । तर, आगो लगाइएका ट्याक्सीका चालकले भने सामाखुसीबाट चाबहिल जानुछ भनेर चढ्न आएका व्यक्तिले सिटमा नबस्दै पेट्रोल खन्याएर आगो लगाएको बताएका छन् ।

चाबहिल जाउँ भन्ने व्यक्ति आएपछि मैले सिट बेल्ट बाँधेर गाडी चलाउन खोजे । तर, पछाडिको सिटमा त आगो पो दन्किएको देखेँ,’ ट्याक्सी चालक ४१ वर्षीय कुम्भनारायण श्रेष्ठले भने, ‘चाबहिल जाउँ भन्दै आएको व्यक्तिले त पेट्रोल छर्केर आगो लगाइसकेको रहेछ । आफ्नै ट्याक्सीमा दनदनी आगो लागेको हेरेर मात्रै बस्नु प¥यो ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विदादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको प्रचण्ड९नेपाल पक्षले अकस्मात बिहीबारका लागि भनेर देशव्यापी आमहड्ताल घोषणा गरेको हो ।

प्रचण्ड९नेपाल पक्षको आमहड्तालका कारण देशभर नै जनजीवन प्रभावित भएको छ । शान्तिपूर्ण हुने भनिएको बन्द र आन्दोलन केही ठाउँमा भने उग्र बनेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.