www.tandavnews.com
Fact ~ In search of truth

११ रुपैयामा १ जिबी डाटा चलाउन मिल्नेगरी टेलिकमले ल्यायो ब्रोडब्यान्ड वाईफाई

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाल टेलिकमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाई सुविधा सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम केन्द्रिय कार्यालयले जनाएको छ ।

यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए । कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

Batas

हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ । यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाकव शुल्क ११.११ रुपैयाँमात्र पर्न आउँछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.