www.tandavnews.com
Fact ~ In search of truth

सानो पर्दामा फर्कदै ‘धुर्मुस सुन्तली’

पोखरा।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पुन सानो पर्दामा फर्कदै छन् । सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बन्ने ‘म त मर्छु कि क्याहो’ मार्फत पर्दामा फर्कन लागेका हुन् । यो वेब सिरिज हो ।

जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय रहनेछ ।

Batas

छिट्टै नै आफ्नै युटुव च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ । एक वर्ष पहिले चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको थियो। चलचित्रले हलमा दर्शक भने तान्न सकेको थिएन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.