www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अझै एकसाता लम्बियो राष्ट्रिय टिमको अभ्यास खेल

पोखरा,
ताण्डव न्यूज ।

अभ्यास खेलका लागि पोखरामा रहेको राष्ट्रिय फूटबलको पुरुष टिम अझै एक साता पोखरामै रहने भएको छ ।

पोखराको मौसम अनुकुलन, व्यवस्थापकीय र अन्य सबै पक्ष राम्रो भएकोले सरसल्लाहमा अर्को एक सातासम्म पोखरामै रहेर अभ्यास गर्ने जनाईएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले दिएको जानकारी अनुसार साताको ३ दिन टोलीले २ समय अभ्यास गरिरहेको छ ।

Batas

बाँकी दिन एक समय अभ्यास र अन्य समयमा सेसन सञ्चालन गरिरहेको उनले बताए । पूर्व निर्धारित योजना अनुसार आज विहिबार सम्म मात्र पोखरा रहनुपर्ने भएपनि टोली माघ २९ गतेमात्र काठमाडौं फर्कने उपाध्यायले बताए ।

टोली गत माघ ९ गते पोखरा आएको थियो । पोखरा आएर लेकसाइडको कुटी होटलमा बसेको टोली भोली पल्ट कुटीबाट झन्डै ३ किलोमिटर टाढा पार्दीस्थित होटल पोखरा ग्राण्डमा सरेको थियो ।

आगामी चैतमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि राष्ट्रिय टोलीले अभ्यास जारी राखेको छ । विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा अष्टे«लिया, चाइनिज ताइपे र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.