www.tandavnews.com
Fact ~ In search of truth

प्रेस संगठन कास्कीद्वारा धम्क्याउनेलाई कारबाही गर्न माग

पोखरा ।

प्रेस संगठन कास्कीद्धारा धम्क्याउनेलाई कारबाही गर्न माग गरेको छ ।

पोखराको नयाँ बजारस्थित समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्कीप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संगठनले कारबाहीको माग गरेको हो ।

Batas

‘नेकपा विप्लव समूहको सैन्य दलको सदस्य हुँ,’ भन्दै बुधबार समाधान दैनिकको कार्यालयमा फोन गरेर दिइएको धम्कीको संगठनले विज्ञप्ति निकालेर निन्दा र भत्र्सना गरेको छ ।

प्रेस संगठन कास्कीका संयोजक माधव बरालले बिहीबार जारी गरेको विज्ञप्तिमा, मिडियामा प्रकाशित कुनै समाचारमा चित्त नबुझे खण्डन गर्न र काननी उपचार खोज्ने विकल्प हुँदाहुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ ।

नेकपा विप्लव समूहले धम्क्याउने व्यक्ति पार्टीको सदस्य नभएको दाबी गरिरहँदा उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न प्रशासनलाई जोडदार माग संगठनले गरेको छ ।

‘कुनै समूह वा व्यक्तिले दिएको यस्तो धम्कीबाट विचलित नभई देश र जनताको पक्षमा निर्भिकतापूर्वक समाचार सम्प्रेषणमा क्रियाशील रहन सबै पत्रकारहरुमा हार्दिक अपील गर्दछौं ।’ संयोजक बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.