www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा १८ मतदान केन्द्र थपिने

चितवन ।

जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ ।

जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

Batas

कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता संख्मा वृद्धि भएसँगै केन्द्र थप गरिएको उनले बताए । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता रहेका थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उनले बताए । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली कार्यालयमा पठाउने उनले जानकारी दिए ।

स्थानीय तहमा गरिएको अद्यावधिक विवरण कार्यालयले फागुन २ गतेसम्ममा निर्वाचन आयोगमा पठाइसक्नेछ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनिक गर्दैछ ।

प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । आयोगले तोकेबमोजिम जिल्लास्थित तीन संघीय निर्वाचन क्षेत्रमा रहेका ती विद्यालयमा शिक्षा दिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९०० भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम दिएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.