www.tandavnews.com
Fact ~ In search of truth

‘मांसाहारी’ आन्दोलन गर्ने अपराधीलाई चिडियाखानामा राखिन्छ : गृहमन्त्री थापा

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रचण्ड माधव समूहले मांसाहारी आन्दोलन गछौँ भन्दै जनतालाई धम्क्याएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

त्यसरी जनता धम्क्याउने र आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लगेर राखिने गृहमन्त्री थापाले बताए । ओली समूहले नारायणहिटी अगाडि गरेको सभामा गृहमन्त्री थापाले यस्तो बताएका हुन्।

Batas

‘मांसाहारी आन्दोलन गर्नेलाई कानुनले अपराध घोषणा गरेको छ । त्यस्तो आन्दोलन गर्नेलाई चिडियाखानामा राखिने छ,’ उनले भने।
ओलीपक्षले वाम शुद्धीकरण अभियान चलाएको उनको दाबी छ ।

’वामपन्थी आन्दोलनको पुनर्गठनका लागि सुद्धीकरणको अभियान हो। यसका लागि जनतामा जान पर्छ। जनतामा गएर मात्र शुद्धीकरण हुन्छ,’ उनले भने, ’देश निर्वाचनमा होमिएको छ। आगामी निर्वाचन एउटा आन्दोलन हो। यसले देशमा राजनीतिक स्थायित्व ल्याउँछ। समृद्धि ल्याउँछ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.