www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता हुदैँ

पोखरा।

माछापुच्छ्रे क्रिकेट एकेडेमीको आयोजनामा बक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

फागुनबाट संचालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता फागुन १ गते देखि ४ गते सम्म लेखनाथ–२७ स्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा सञ्चालन हुने एकेडेमीका सञ्चालक अरुण पौडेलले जानकारी दिए ।

Batas

प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँयाका साथमा ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब डेढलाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।

बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्ट्रेट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ ।

हालको प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी संचालन गरेको हो । एकेडेमीको उद्घाटन र प्रतियोगिता एकसाथ गर्न लागिएको उनले जानकारी दिए । गण्डकी प्रदेशका खेलाडी एवम् एकेडेमीका प्रशिक्षक दीपेश खत्रीले नेपालमा ब्याट्म्यान र ग्राउन्ड खेलाडी उत्पादनको लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.