www.tandavnews.com
Fact ~ In search of truth

युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा

पोखरा।

युनाईटेड क्लव पोखराले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत ५३ विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको हो ।

क्लबले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रर्वद्धनका लागि चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र प्राकृतिक विपदमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको युनाईटेड क्लवले शिक्षा कार्यक्रम अन्तर्गत हरेक वर्ष विद्यालयहरुमा पुगी विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै आइरहेको छ ।

Batas

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मादी गाउपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम) ले युनाईटेड क्लवले महोत्सवबाट वचेको रकम सामाजिक काममा लगाउदाँ सामाजिक काममा इट्टा थप्ने काम गरेको बताए ।

त्यस्तै मादी गाउपालिका वडा नम्बर दुईका अध्यक्ष एक्काजंग गुरुङले पोखरामा रहेको युनाईटेड क्लवले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा सिंगो वडावासीको तर्फबाट धन्यवाद ब्यक्त गर्दै सामाजिक कामको प्रशंसा गरे

युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवको वार्षिक कार्यक्रम अन्तर्गत गाउ तथा दुर दराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै न्यानो कपडा वितरण गर्ने कार्य क्लवले स्थापना कालदेखीनै गर्दै आएको बताए ।

सोही अनुरुप मादी गाउपालिकाको ताङतिङमा रहेको हिमालय मिलन माध्यामिक विद्यालयमा समेत क्लवले सहयोग गर्न पाउदा खुसी लागेको जनाए ।

श्री हिमालय मिलन माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङले ताङतिङ जस्तो दुर दराजमा रहेको गाउमा अवस्थित विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरी विद्यालयलाई क्लवले ठूलो गुन लगाएको वताउदै क्लव परिवार प्रति आभार प्रकट गरे ।

युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा शैक्षिक कार्यक्रमका संयोजक लालकाजी गुरुङले युनाईटेड क्लवले शिक्षा कार्यक्रम अन्तर्गत यो वर्ष मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयका ३ जना विद्यार्थीहरुलाई चिसो मौसममा न्यानो कपडा वितरण गरेको उल्लेख गरे ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले यो वर्ष ताङतिङमा रहेको विद्यालयलाई सहयोग गर्न पाउदा आफुहरुलाई खुसी लागेको बताए । उनले ताङतिङ होम स्टे प्रर्वद्धनका लागी आउने महोत्सवमा स्टल निशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

साथै उनले महोत्सवमा सिंगो ताङतिङको पहिचान झल्काउने झांकी समेत उपलब्ध गराउन आग्रह गर्दै युनाईटेड क्लवको समाजिक क्रियाकलापलाई सधै अगाडि वढाउने प्रतिवद्धता समेत गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.