www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : सितापाइलामा एक ब्यक्ती माथी गोली प्रहार ! ‘सूटर’ खोज्दै कास्की प्रहरी

पोखरा
ताण्डव न्यूज ।

पोखराको सितापाईलामा एक व्यक्तिमाथि गोली प्रहार भएको आशङ्का गरिएको छ ।

गोली प्रहारबाट मनोज बिक घाईते भएकाे स्थानीयले बताए । महतगौँडा र टुटुङ्गा जोड्ने पुल नजिक घटना भएको हो । घाइतेको उपचार भइरहेको छ ।

Batas

घाइते स्वयले गोली लागेको बताएको स्रोतले बतायो ।

अस्पताल स्रोतका अनुसार गोली वारपार भएको छ । स्थानीयले सुनाएअनुसार ठेक्कापट्टाको विषयमा गोली चलेको हो ।

पर्वत मोदि ८ चित्रे घर भई पोखरा २४ कार्की तहरा बस्दै आएका ईलेक्ट्रिसियन काम गर्ने बिकको दाहिने पेटमा प्वाल परेको छ । प्रहार गर्नेको खोजि तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.