www.tandavnews.com
Fact ~ In search of truth

सिरहामा कोरोना संक्रमण शून्यमा झर्‍यो

सिरहा ।

संक्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना संक्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशंकित र संक्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

Batas

पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताए । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.