www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बिएमडब्लुको टेष्ट ड्राइभ

पोखरा ।

बीएमडब्लुु मोटर्सका गाडीहरुको टेष्ट ड्राइभ कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

बिएमडब्लुका लागि नेपालको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले पोखराको सांग्रिला भिलेज रिसोर्टमा आज (आइतबार) टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो ।

Batas

प्रिमियम कार मन पराउने ग्राहकहरु बिएमडब्लुको टेष्ट ड्राइभमा सहभागी भएका थिए । कम्पनीले पोखरामा टेष्ट ड्राइभका लागि बिएमडब्लुको एक्स फाइभ र एक्स थ्रि गाडी उपलब्ध गराएको थियो ।

बिहान ११ देखि ४ बजेसम्म आयोजित टेष्ट ड्राइभ कार्यक्रममा ग्राहकहरुको उत्कृष्ट सहभागिता रह्यो । उनीहरुबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट कम्पनी उत्साही छ ।

उत्कृष्ट ‘ब्रान्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्यसहित लक्ष्मी प्रिमियमले बिएमडब्लुलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।

बीएमडब्लु एशिया र बीएमडब्लु बंगलादेशसँग सहकार्य गरि जर्मन ब्रान्ड बीएमडब्लुलाई लक्ष्मी प्रिमियमले नेपाली बजारमा स्थापित र बजारीकरण गरिरहेको छ ।

बिएमडब्लुको शोरुम काठमाडौंको तीनकुनेमा छ । बीएमडब्लुका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.