www.tandavnews.com
Fact ~ In search of truth

सुशासनले दिगो विकासमा प्रभाव पार्छ :राष्ट्रिय सभा सदस्य शर्मा

अर्जुन गाहा (सुशान्त),
पोखरा/ताण्डव न्यूज ।

राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सुशासनले दिगो विकासमा प्रभाव पार्ने बताएका छन् ।

संघीय संसद, राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समिति काठमाडौंले पोखरामा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सुशासन विना दिगो विकास सम्भव नहुने धारणा राखे ।

Batas

पछिल्लो समय सुशासनको समस्या जटिल बन्दै गएको बताउदै उनले उक्त अन्तरक्रियाबाट विभिन्न क्षेत्रको अधिकारीहरुबाट अवस्था, चुनौती र समस्यालाई संकलन गर्ने बताए । ‘सुशासन विना दिगो विकास सम्भव छैन । आज सबभन्दा ठुलो सुशासनको समस्या रहेको छ ।

उनले भने, ‘प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ सुशासनलाई हेर्ने, त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि हुनुहुन्छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत पनि हुनुहुन्छ, ‘हामीहरुले उहाँहरुबाट के अपेक्षा राखेका छौ भने अहिलेको सुशासनको अवस्था के छ ? चुनौतीहरु के छन् र त्यसका समाधान के हुन सक्छन् त्यो बारे हामीले गर्न सक्ने सहयोग गर्छाै ।’

उनले उक्त अन्तरक्रियामा उठेका चुनौती र समस्याको समाधान बारे थप कदम चाल्ने बताए । शर्माले भौतिक विकाससँग पर्यावरणको पारस्परिक सम्बन्ध रहने बताउदै पर्यावरणको संरक्षण समेत गरिनुपर्ने तर्क राखे ।

‘दिगो विकाससँग पर्यावरणको अभिन्न अंगको रुपमा जोडिएर आएको छ, उनले भने, ‘पर्यावरणको स्थिति के हो ¬? यसबारे बुझ्न र रक्षा गर्न आवश्यक छ, उनले भने, ‘त्यसैले पर्यावरणको प्रश्न पनि महत्वपूर्ण बनेको छ ।’

उनले फरक प्रसंगमा बोल्दै विश्वको भ्रष्टचारको सुचिबाट झन पछि ढकेलिएकाले सुशासनमा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले भने, ‘हामी ११३ बाट १ सय १७ मा उल्केछौ अर्थात हामी झन सुशासनमा कमजोर बन्दै गएछौ । त्यसैले यो हाम्रो लागि लज्जाको विषय हो ।’ उनले जनप्रतिनिधिले बजेट तथा योजना तर्जुमा गर्दा वैज्ञानिक छ छैन भन्ने बारे समेत ऐकिन हुनुपर्ने समेत बताएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.