www.tandavnews.com
Fact ~ In search of truth

बगर भाईखलकलाई ‘वालिङ फुटसल कप’ को उपाधि

पोखरा,
ताण्डव न्यूज ।

स्याङ्जाको वालिङमा सम्पन्न प्रथम वालिङ फुटसल कपको उपाधि बगर भाईखलक पोखराले जितेको छ ।

वालिङ नगरपालिका ९ तल्लो वालिङमा (शनिबार) सम्पन्न भएको फाईनल खेलमा टिम वालिङ फुटसललाई ३–० गोल अन्तरले पराजित गर्दै भाईखलकले उपाधि जितेको हो ।

Batas

उपाधिसँगै बगर भाईखलकले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपबिजेता बनेको आयोजकले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त गर्याे ।

यसअघि प्रतियोगिताको फाईनल खेलमा भाईखलकलाई उपाधि जिताउनका लागि आकाश थपलिया, सुदिप पाठक र प्रशन्न श्रेष्ठले समान एक÷एक गोलको योगदान दिएका थिए ।

तल्लो वालिङमा दोस्रो फुटसलको रुपमा गत शुक्रबारदेखी सञ्चालनमा आएको वालिङ फुटसलले आयोजना गरेको उक्त प्रतियोगितमा कुल १६ टिमको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.