काठमाडौँ,
ताण्डव न्यूज ।
औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता ल्याएको छ ।
महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालिन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो ।

संहिता अनुसार औषधि सल्लाहाकार समितिको सिफारिशमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइने छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.