www.tandavnews.com
Fact ~ In search of truth

लमजुङका क्यान्सर पीडित पूर्णलाई अभियान मार्फत आर्थिक सहयोग

पोखरा,
ताण्डव न्यूज ।

लमजुङका क्यान्सर पीडित पूर्ण सिहं गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

घाटीको क्यान्सरबाट पीडित लमजुङ मध्यनेपाल- ७ चिंसकुका पूर्णलाई दिपक गुरुङले ‘पूर्ण बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक सहयोग जुटाइएकाे हाे । लमजुङ स्याउली बजारका दिपकले फेसबुक पेजबाट अभियान सञ्चालन गरि संकलन गरेको रकम पूर्णको उपाचारको लागी हस्तान्तरण गरेका हुन्।

Batas

बचाउ अभियानबाट संकलन भएको  ७ लाख १९ हजार ८ सय ९३ रुपैयाँ क्यान्सर दिवसका दिन हस्तान्तरण गरिएकाे हाे । पूर्णको उपचारको लागि इजरायल, सिङ्गापुर,साउदीमा कार्यरत नेपाली दाजुभाईले सहयोग पठाएका हुन् ।

आर्थिक समस्याका कारण बाच्ने आश मारेका पूर्णले यसरी अभियान चलाई सहयोग आउन थालेपछि अब बाँच्ने आशा पलाएको बताए ।

पूर्णको २०७६ माघमा पहिलो पटक घाँटीमा सानो गिर्खा देखा परेको थियो । विस्तारै असहज बढ्न थालेपछि यहि कार्तिकमा पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आएका उनलाई डक्टरले क्यान्सरको लक्षण भएको बताएका थिए । थप उपचारको लागि गण्डकी मेडिकल कलेज पुगेका उनलाई क्यान्सर भएको पुष्टि भएपछि चितवन स्ठीत बि.पी मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएको थियो।

विगत १३ वर्षदेखी विविध सामाजिक कार्यहरुमा जोडिदै आएका दिपकले पोखरामा बालगृह पनि सञ्चालन गर्दै आएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.