www.tandavnews.com
Fact ~ In search of truth

आज निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जाने तयारीमा छन् ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–नेपाल नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दावी गरे पनि प्रधानमन्त्री समेत रहेका ओली गएनन् ।

Batas

उनी आज बिहान ११ बजे आयोगको कार्यालय जान लागेका हुन् ।नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दावी नपुगेको जनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्ने बताइएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.