www.tandavnews.com
Fact ~ In search of truth

केटु हिमाल आरोहीहरुलाई पोखरामा भव्य स्वागत सहित नागरिक अभिनन्दन

पोखरा,
ताण्डव न्यूज ।

निकै कठिन मानिने केटु हिमाल हिउँदकै समयमा सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीहरुलाई हिजो (सोमबार) पोखरामा भव्य स्वागत सहित नागरिक अभिनन्दन गरिएको छ ।

आरोहणदलमा रहेका किर्तिमानीआरोहीहरुलाई पोखरा विमानस्थल परिसरमा पञ्चेबाजा, अविर, माला, खादा सहित पोखरेलीहरुले भव्य स्वागत गरे ।

Batas

पोखरा पर्यटन परिषदको आयोजना र विभिन्न सरकारी तथा संघसंस्थाको समेत सहभागीतामा विश्व कीर्तिमानी दश जना आरोहीहरुलाई स्वागत गरिएको हो ।

उनीहरुलाई पोखराको मुख्य बजार पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सृजनाचोक, जिरो किलो मिटर हुँदै लेकसाइड परिक्रमा गराईएको थियो ।

बजार परिक्रमा पछि लेकसाइडको माउण्ट कैलाश रिसोटमा उनीहरुलाई नागरिक अभिनन्दन समेत गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले कीर्तिमानी आरोही हरुलाई पोखरेली नागरिकको तर्फबाट अभिनन्दन गरे ।

अभिनन्दनपछि बोल्दै मेयर जिसीले सबै एकजुट हुँदा हरेक कठिन काम गर्न सकिन्छ भन्ने उदहारण आरोहीरुले प्रस्तुत गरेको बताए । यसरी एकताको सन्देश दिन सफल आरोहीहरुलाई बधाई दिँदै मेयर जिसीले देशको शीर उचो बनाउने आरोहीहरुलाई पोखरामा स्वागत र अभिनन्दन गर्न पाउनु गौरवको विषय भएको बताए ।

केटु हिमाल ८ हजार ६ सय ११ मिटर अग्लो रहेको छ । सगरमाथा पछिको दोश्रो अग्लो यो हिमाल पाकिस्तानमा पर्दछ । यस हिउँदमा केटु हिमाल आरोहण गर्न र विश्व कीर्तिमान आफ्नो नाममा लेखाउन दर्जनौं पर्वतारोहीहरु प्रयासमा थिए । नेपाली दश जना आरोहीहरुले यो कीर्तिमान राख्न सफल भएका हुन् । माघ ३ गते शनिबारका दिन हिउँदमा केटु हिमालको सफलआरोहण गरेर नेपाली युवाहरुले इतिहास रचेका थिए ।

आरोहण दलमा निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमाजी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले सफल आरोहण गरेका थिए । आरोहणदलमा १० नेपालीहरु सुरुमा फरक फरक आरोहणदलमा समावेश भएका भएपनि पछि नेपालको नाममा कीर्तिमान कामय गर्न एकै दल बनाएका थिए ।

नेपालमा ७० देखि ८० प्रतिशत विदेशी पर्यटक माउण्टेन टुरिजमकै लागिआउने व्यवसायीले बताए । त्यसकारण पनि केटु हिमालका सफल आरोहणले नेपालको माण्टेन पर्यटनको विकासमा सहयोगी हुने पोखरेली पर्यटन व्यवसायीको विश्वास छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.