www.tandavnews.com
Fact ~ In search of truth

सैन्य ‘कू’ विरूद्ध सडकमा उत्रिएका प्रदर्शनकारीलाई संयमता अपनाउन सेनाको आग्रह

एजेन्सी,
ताण्डव न्यूज ।

म्यानमारमा भएको सैन्य ‘कू’विरूद्ध सडकमा उत्रिएका प्रदर्शनकारीलाई संयमता अपनाउन सेनाले आग्रह गरेको छ ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाले जनाएको छ । सेनाका तर्फबाट सोमबार अबेर जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

Batas

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रेका छन् । म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रदर्शनकारीहरूले भने स्टेट काउन्सीलर तथा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।

सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.