www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकमा दुई पक्षीयसम्बन्ध र सहकार्यका वृहत्त विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेयताको समग्र सम्बन्धको विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।

Batas

दुईपक्षीय व्यापार र लगानी, प्रविधिको हस्तान्तरण र पर्यटन क्षेत्रमा सहकार्यलगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी कोभिड–१९ का सहकार्यको विषयमा समेत कुराकानी भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.