www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘टाईगर कप आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल’ सुरु

न्यू डायमण्ड र नेपाल पुलिसको विजयी सुरुवात

अर्जुन (सुशान्त) गाहा,
पोखरा/ताण्डव न्यूज ।

पोखरामा आज (मंगलबार) देखी टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा टाईगर ग्रुप अफ पोखराको आयोजनामा लिगकम नकआउट सिस्टममा प्रतियोगिता सुरु भएको हो ।आगामी फागुन १ गते सम्पन्न हुने उक्त प्रतियोगितामा पुरुष तथा महिला गरि कुल ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । महिला तर्फ विभागिय टोली एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड एकेडेमीको सहभागिता रहेको छ भने पुरुष तर्फ स्थानिय टोली गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब तथा एपिएफले प्रतिस्पर्धा गर्नेछ ।

Batas

त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमी बिच भएको महिला तर्फको उद्घाटन खेलमा ३–२ को सेटले न्यू डायमण्डले जित निकाल्यो भने पुरुषतर्फ नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्याे ।

प्रतियोगिताको उद्घाटन पश्चात बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी वर्षदेखी गण्डकी प्रदेशलाई नीतिगत रुपमै स्पोर्टस् हब बनाउन लागि पर्ने बताए । उनले गण्डकी प्रदेशको भौगलिक संरचना, प्राकृतिक शौन्दर्यतासँग शाहसिक पर्यटन जोडिने बताउदै गण्डकी प्रदेश खेलकुदको राजधानी बन्ने सम्भावना भएकाले सोही अनुरुप योजना बनाईरहेको धारणा राखे । ‘चाडै गण्डकी प्रदेश खेलकुद परिषद गठन हुन्छ, उनले भने, ‘हाम्रो युवा पङ्तीलाई यो क्षेत्रमा अधिकतम रुपमा परिचालित गर्ने एउटा महत्वकांक्षी योजना हामी ल्याउदै छौ ।’

मुख्यमन्त्री गुरुङले खेलकुदको विकासमा फड्को मार्ने सबैलाई चकित पार्ने गरी आगामी वर्ष विशेष बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता जनाए । उनले गण्डकी प्रदेशमा प्रतियोगिता भैरहेको सवालमा प्रदेशकै टिम नहुनु आफैमा दुखदायी विषय बनेको उल्लेख गरे । उनले विभागिय टोलीहरुको उदाहरण दिदै भने, ‘विभागित टोलीले पद वढुवा वा ईन्सेन्टिभ जस्ता सुविधाहरु दिएकै कारण सातै प्रदेशको टिम बन्न सकिरहेको छैन । मेरो भविष्य यही क्षेत्रमा छ भनेर कसरी उनीहरुलाई आकर्षित गर्न सकिन्छ । आज खेलाडी भएर भोली कोच होला या अफिसियल बन्ला र मेरो भविष्य सुरक्षित छ भन्ने कुराको प्रत्याभुति नगराईन्जेस सम्म खेलकुदको विकास हुने सम्भावना छैन ।’

उनले पोखरालाई खेलकुदको केन्द्र बनाउने लक्ष्यलाई प्रथमिकतामा राखेको बताउदै भिडाबारीमा बन्ने एन्फा ऐकेडेमीलाई समेत प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए ।सो प्रतियोगिताको बिजेताले पुरुष तथा महिला टोलीले समान १ लाख ५० हजार तथा उपबिजेताले समान ७५ हजार प्राप्त गर्नेछन् । भने तेस्रो हुनेले समान ३५–३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरलाई समान ५–५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.