काठमाडौं ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज काठमाडौंमा वृहत प्रदर्शन गर्दैछ।
राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। त्यसपछि आमसभालाई सो पक्षका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

आजको आमसभामा दुई लाख मानिस सहभागी हुने यो पक्षका नेताहरुको दाबी छ।यसअघि यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.