www.tandavnews.com
Fact ~ In search of truth

फेसबुकमा आएको स्क्याम म्यासेजबाट ५ लाख व्यक्तिको व्यक्तिगत डाटा चोरी

पोखरा,
ताण्डव न्यूज ।

हामीमध्ये धेरैले आफ्नो साथीभाइबाट म्यासेन्जरमा एउटा धमिलो भिडियोको थम्बनेलमा यो तिमी हो? अथवा ‘भिडियोमा देखिएको तपाईं हो’ भनेर म्यासेज आएको हुनसक्छ । उक्त म्यासेज आएपछि कतिपयले क्लिक गरेर खोलेको पनि हुनसक्छ ।

यसरी क्लिक गर्दा हुनसक्ने जोखिमको ख्याल नगर्दा लाखौं प्रयोगकर्ताको जानकारी ह्याकरको हातमा पुगको छ । साइबरन्युजले गरेको अध्ययन अनुसार उक्त स्क्यामबाट करिब ५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

Batas

उक्त म्यासेजनमा आएको भिडियोमा एउटा युआरएल लिंक रहेको छ । त्यसमा क्लिक गर्दा एउटा फेसबुक लगइन पेज जस्तो बक्स पपअप हुन्छ । तर वास्तवमा यो कुनै फेसबुकको लगइन पेज नभएर स्क्याम हो ।

जसमार्फत प्रयोगकर्ताको लोकेशन, ईमेल, नाम, सम्पर्क नम्बर, डिभाइसको जानकारी, मोबाइलको अपरेटिङ सिस्टम लगाएको जानकारी संकलन गरेको उल्लेख गरिएको छ ।

त्यतिमात्रै नभएर कतिपय प्रयोगकर्ताको हकमा फेसबुक एक्सेसका लागि आवश्यक सम्पूर्ण जानकारी समेत लिइएको जनाइएको छ ।
अध्ययन अनुसार यो स्क्याम सुरु भएको सन् २०२० को जनवरीबाट हो । उक्त समयदेखि हालसम्म ४ लाख ८० हजारको डेटा संकलन भएको छ ।
त्यसमा सबैभन्दा बढी जर्मनीका प्रयोगकर्ता रहेका छन् । ४ लाख ८० हजार मध्य ७७ प्रतिशत जर्मनीका प्रयोगकर्ता रहेको उल्लेख गरिएको छ । त्यस्तै एन्ड्रोइड टेन प्रयोग गर्ने प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित भएका छन भने, दोस्रो नम्बरमा एप्प्लको आईओएस १४.३ का प्रयोगकर्ता निशानामा परेका छन् ।

त्यस्तै ब्राउजरको आधारमा क्रोम ब्राउजरका प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित भएको अध्ययन प्रतिवेदनले देखाएको छ

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.