www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गुण्डागर्दी ? फरार ‘सञ्जय पीडित’

पोखरा
ताण्डव न्यूज ।

पोखरामा रहेका केही टोले गुण्डा अनि तिनीहरुको ग्याङ २०६५ साल पछि सकिएको हो । त्यसपछि पोखरामा गुण्डागर्दी शैलीमा कुनै घटना भएको पाइदैन् । त्यति वेला गुण्डागर्दीमा सक्रिय युवाहरु केही विदेश पलायन भए त केही व्यवसाय गरेर बसेका छन् । कहिलेकाही सामान्य झगडा हुनु स्वभाविकै हो । तर गत साता पोखरामा भएको एउटा घटनाले फेरी पोखरामा गुण्डागर्दी मौलाउन लागेको हो कि ? भन्ने शंका उब्जाएको छ ।

विगतमा पनि अपराधिक गतिविधिमा संलग्न पोखरा अर्चलबोटका ‘सञ्जय पीडित’ भनिने सञ्जय मुल्मीले गुण्डागर्दी शैलीमा लेकसाइडमा एक युवा नेतालाई कुटपिट गरे । उनले किन कुटपिट गरे भन्ने अझै खुल्न सकेको छैन् ।
‘सञ्जय पीडित’सँग गिरबहादुर पुन ‘हिपहप’ लगायतका ६–७ जना आएर कुटी रिसोर्टमा बसिरहेका युवा नेतालाई आक्रमण गरेका हुन् ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले कुटपिट गर्नेको खोजी भईरहेको बताए । ‘उनीहरु विरुद्ध उजुरी परेको छ,’ उनले भने, ‘उनीहरु फरार छन् । थप अनुसन्धान भईरहेको छ ।’

यस्तो छ घटनाक्रम पीडितका अनुसार :

एक हप्ता अघि मलाई फोन आयो । ‘तपाई फलानो’ बोलेको भन्दै, मैलो पनि हो भने । त्यसपछि उताबाट म ‘सञ्जय पीडित’ बोलेको भने । मैले के काम थियो होला ? भनेँ । किनभने यस अघि उनीसँग भेटघाट त परै जाओस् चिनजान नै थिएन । तपाईसँग भेटेर कुरा गर्नुपर्ने भनेपछि मैले हुन्छ भनेँ । त्यसपछि भोलीपल्ट फोन आयो । म लेकसाईड कुटी रिसोर्टमा साथीहरुसँग खाना खादै थिए ।

फेरी फोन आयो, उठाउन पाइनँ । त्यसपछि पनि फेरी फोन आयो, मैले उठाए । मैले अहिले व्यस्त भएका हुनाले २–३ दिन पछि भेट्न भने । उताबाट अहिले कहाँ हो ? भनेर सोधे । मैले कुटि रिसोर्ट छु भने । त्यसपछि ‘सञ्जय पीडित’ले अहिले मैले खाएको बेला परेको छ, त्यहाँ आए भने नराम्रो हुन सक्छ पछि भेटम्ला भनेर फोन राख्यो ।

त्यसको केही बेरमै फोन आयो । म कुटि रिसोर्ट तल हो भनेर ‘सञ्जय पीडित’ बोलायो । मैले पनि केही काम होला भनेर माथी आफ्नो साथीहरुलाई नलिइ एक्लै झरेँ । झर्नासाथ मलाई समातेर ‘नकल्स’ (औँलामा छिराएर आक्रमण गर्ने हतियार) मुख मुखमा हान्यो । ‘सञ्जय पीडित’, गिरबहादुर पुन ‘हिपहप’ लगायतका ७–८ जना केटाहरुले घेरेका थिए । मलाई हान्दै मेरो हात समातेर ‘सञ्जय पीडित’ले भने ‘ले त सामान म यसको हात छिनाल्दिन्छु’ । त्यो सुनेपछि मलाई मार्ने भयो भन्ने डरले मैले गुहार मागे । मेरो साथीहरु माथीबाट तल आए । अनि उनीहरुले छेके र म भागे । केही परको ५ तल्ले घरमा पुगेर जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन कुमार श्रेष्ठलाई फोन हाने ।

त्यो बेला म न भागेको भए, मलाई मार्ने रहेछ । मार्ने योजनाका ग्याङ लिएर आएको हो । पोखरामा गुण्डागर्दी सकियो भन्थे तर यो घटना हेर्दा अझै गुण्डागर्दी छ भन्ने प्रस्ट हुन्छ । मसँग केही कुरा भएको भए पहिलो सोध्न मिल्थ्यो, सिधै नियोजित ढङ्गले मार्ने योजनाका साथ आएको देखिन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.