www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा मतदाता नामावली अद्यावधिक शुरु

म्याग्दी ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ ।

स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले संकलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले संकलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् ।

Batas

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेका थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार पुस ५ गतेसम्म ८२ हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । सो नामावलीबाट १८ वर्ष नपुगेकालाई हटाउन ८१ हजार २६५ नाम कायम भएको छ ।

अठार वर्ष नपुगेका, मृत्यु, बसाइँसराइ गरेका र नागरिकता त्यागेकाको नाम हटाएपछि मतदाताको संख्या एकिन हुने जनाइएको छ । आगामी निर्वाचनमा म्याग्दीमा एक मतदान केन्द्र परिवर्तन र दुई नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

मंगला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत र अन्नपूर्ण गाउँपालिका–८ को हिमाञ्चल माविमा मतदाता थप गर्न सिफारिस गरिएको हो । बेनी नगरपालिका–५ को चेतना आधारभूत विद्यालयको मतदान केन्द्रलाई जनकल्याण माविको केन्द्रमा गाभ्ने र जनकल्याणको एक मतदान केन्द्रलाई सोही वडाको डिम्म आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको हो ।

एक मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुनुपर्ने नीतिगत व्यवस्था छ । यसअघि म्याग्दीमा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.