www.tandavnews.com
Fact ~ In search of truth

‘बैदाम प्रहरीले अनुसन्धानमा ढिलाई गर्यो’ : पीडित

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–५ मालेपाटनमा भएको चोरी घटनाको अनुसन्धानमा ढिलाई भएको भन्दै पीडितले गुनासो गरेकी छिन् ।

कुश्मा नगरपालिका–१४ घर भई हाल पोखरा–५ मालेपाटन बस्दै आएकी कोपिला शर्माले ताण्डव न्यूजसँग वडा प्रहरी बैदामले आफ्नो बहुमुल्य सामान हराए पश्चात दिएको निवेदनको वास्ता नगरेको भन्दै गुनासो गरेकी हुन् ।
शर्माको गत १२ गते दिउँसो आफ्नो कोठाको ढोका र दराज फोरेर बहुमुल्य सुनका सामानहरु सहित घरका लालपुर्जा लगायतका कागजपत्र चोरी भएको थियो । उक्त घटनापछि भोलीपल्ट (१३ गते) वडा प्रहरी कार्यालय बैदाममा शर्माले उजुरी दिएकी थिईन् ।

Batas

उनले उजुरी दिएपश्चात वडा कार्यालय बैदामले घटनामा संलग्नलाई खोजी गर्न खासै चाँसो नदिएको बताईन् । ‘हामी बुझ्दैछन् त्यस्तो केही पनि थाहा भएन थाहा नै लाछैन भनेर भन्नुहुन्छ ।’ उनले भनिन् ।

उनले आफुलाई शंका लागेको व्यक्तिलाई किटानी जाहेरी दिन खोज्दा समेत दिन नमिल्ने भन्दै आफुलाई बेवास्ता गरेको बताईन् । ‘सिसी टिभि फुटेज नी छ मैले यो मान्छेलाई नै किटानी जाहेरी दिन्छु भन्दानी कसरी दिनुहुन्छ हजुरले भनेको मान्छे नै होईन भन्नुहुन्छ । त्यसो हो भने त मलाई यो मान्छे होईन भनेर प्रमाण देखाउनुपर्याे नी ।’ उनले भनिन् ।

शर्माले बैदाम प्रहरी नचाहेरै घटनाको अनुसन्धानमा ढिलाई गरेको गुनासो गर्दै थपिन्, ‘नत्र त पुलिसले जसरी पनि पत्ता लाउन सक्छनी ।’ पीडित शर्माका अनुसार कोठाको ढोका र दराज फोरी एक थान सिक्रि, नौगेडी, तिलहरी, दुई जोडी टप, बाला तथा दुईवटा औठी गरी करिब ४ तोलाको बहुमुल्य सामान सहित घरको लालपुर्जा, नागरिकता, लाईसेन्स चोरी भएको थियो ।

तर वडा प्रहरी कार्यालय बैदामले भने उक्त घटनाको दोषीलाई तिब्र रुपमा खाजीरहेको बताएको छ । बैदाम प्रहरी ईन्चार्ज प्रहरी नायब उपरिक्षक चिनीमाया तामाङले ताण्डव न्यूजसँग भनिन्, ‘गुनासो पनि सुनौला अहिले अनुसन्धान भैरहेको छ अरु थप त के भनौ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.