www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘टाईगर कप च्याम्पियनसिप भलिबल’ जारी : घरेलु दर्शकको साथमा गण्डकी टोलीद्वारा आर्मी पराजित

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग लज्जास्पद हार व्यहोरेको घरेलु टोली गण्डकी प्रदेशले आज त्रिभुवन आर्मी क्लबलाई हराउदै जित निकालेको छ ।

पोखरा रङ्गशालामा जारी ‘प्रथम टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत आज (बुधबार) पुरुषतर्फ भएको पहिलो त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा गण्डकी प्रदेशले पराजित गर्याे । यस जितसँगै गण्डकीले ३ अंक जोडेको छ । आर्मीले ० अंक पाएको छ ।

Batas

खेलको पहिलो सेटमा आर्मी २५–२२ ले जीत निकाल्यो । तर त्यसपछि घरेलु दर्शकको साथ पाएको गण्डकीले लगातार तिन सेट १४–२५, १८–२५ र १७–२५ सहित आर्मीलाई स्तब्ध बनायो ।

त्यस्तै दोस्रो खेलमा विभागिय टोली सशत्र प्रहरी बलको एपीएफले नेपाल पुलिस क्लबलाई हराउदै विजयी बन्यो । नेपाल पुलिस क्लबलाई एपिएफले ३–२ को सेटले पराजित गर्याे । प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट एपिएफले २७–२५ र २५–२० नतिजा सहित दुई सेट कब्जा गर्याे ।

त्यसपछि तेस्रो सेटमा आफ्नो खेललाई सुधार्दै नेपाल पुलिसले २०–२५ र ९–२५ सहित दुई सेट हात पार्दै खेलमा फर्कियो । बेष्ट अफ फाईभको फाईनल खेलमा भने एपीएफ पुरानै फर्ममा फर्किदै १५–१० को नतिजा पुलिस क्लबलार्ई हरायो । उक्त खेल पश्चात एपीएफले २ र पुलिस क्लबले १ अंक बटुल्दै ४ बनायो ।

त्यस्तै आज सम्पन्न महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले ३–१ को सेट सहित त्रिभुवन आर्मी क्लबलाई पराजित गर्याे ।

पुलिस क्लबमाथि कब्जा जमाउदै पहिलो सेट आर्मीले २५–२२ सहित हात पार्याे । दोस्रो सेट भने पुलिस क्लबले खेल सुधार्दैसहजै १८–२५ सहित जित निकाल्यो । त्यस्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पनि पुलिसले नै २३–२५ नजिता सहित आफ्नो पोल्टामा ल्यायो । र चौथो सेट नै पुलिसको लागि गेम सेट बन्दै १६­–२५ नतिजा सहित आर्मीलाई पराजित गर्याे ।

यो जितसँगै नेपाल पुलिस क्लबले ३ अंक जम्मा गरेको छ भने त्रिभुवन आर्मीको १ अंक रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.