पोखरा,
ताण्डव न्यूज ।
नेपाली काँग्रेस तनहुँले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ ।
भानु नगरपालिका–१० का काँग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले बताए ।

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.