www.tandavnews.com
Fact ~ In search of truth

खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ,
ताण्डव न्यूज ।

सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ ।

Batas

एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५ दशमलव १६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ दशमलव ०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ दशमलव ८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

यसअनुसार १५ दिनमा निगमको घाटा ७३ दशमलव ८७ करोड रहने निगमले जनाएको छ । स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.