www.tandavnews.com
Fact ~ In search of truth

नेतृ झाँक्री निवासबाटै गिरफ्तार, यस्तो सम्म हुन सक्छ सजाय

काठमाडौँ,
ताण्डव न्यूज ।

राज्य विरुद्ध कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधव समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । आज दिउँसो झाँक्री निवासमै पक्राउ पूर्जी सहित पुगेको प्रहरीले उनलाई गिरफ्तार गरिएको हो ।

मुलुकी फौजदारी अपराध संहिताको भाग–२ फौजदारी कसुरहरु परिच्छेद–१ राज्य विरुद्धका कसुर अन्तर्गत उनलाई पक्राउ गरिएको हो। उनले आफ्नै निवासबाट स्वेच्छिक गिरफ्तारी दिएकी हुन्। “पुर्जि अनुसार म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु” पक्राउ पर्नुअघि झाँक्रीले भनिन् । उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि समर्थकहरुले झाँक्रीका पक्षमा नाराबाजी गरेका थिए ।

Batas

झाँक्रीमाथि प्रहरीले संहिताको दफा ५८ को कसुर झाँक्रीले गरेको आरोप लगाएको छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ। सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.