www.tandavnews.com
Fact ~ In search of truth

विघटनविरुद्ध डा. केसीद्धारा सत्याग्रह घोषणा, सत्याग्रह फागुन १२ देखि

काठमाडौँ ।

डा .गोविन्द केसी प्रतिनिधिसभा विघटनविरुद्ध अनशन बस्ने भएका छन् । डा.केसी संविधान रक्षाको माग गर्दै अनशन बस्ने भएका हुन् । केसीले आज पत्रकार सम्मेलन आयोजना गरि आफू विघटनविरुद्ध अनशन बस्ने घोषणा गरेका हुन् ।

केसीले विभिन्न ३ बुँदे मागसहित फागुन १२ गतेदेखि २० औं सत्याग्रह घोषणा गरेका हुन् ।केसीले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । उनले भने ,‘७७ जिल्लामध्ये जहाँ पनि बस्न सक्छु । अहिले नै ठाउँ भनियो भने ओलीले गैरकानुनी बल प्रयोग गरेर अनशन बस्नै दिँदैनन्,’ ।

Batas

डा. केसीले पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन् ।ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खोजेको केसीले आरोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.