www.tandavnews.com
Fact ~ In search of truth

टाईगर कपबाट बाहिरियो त्रिभुवन आर्मी क्लबको महिला टोली

पोखरा
ताण्डव न्यूज ।

पोखरा रङ्गशालामा जारी ‘प्रथम टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ बाट महिला तर्फ त्रिभुवन आर्मी क्लब बाहिरिएको छ । आज (बिहिबार) भएको पहिलो खेलमा विभागिय एपीएफप क्लबसँग ३–२ को सेटले पराजित हुदै त्रिभुवन आर्मी क्लब २ अंक सहित प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो सेटमा आर्मीले २५–१८ एपीएफमाथी सहज जित निकालेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २५–२७ ले विजय हाँसिल गर्याे । तेस्रो सेट पनि एपिएफले नै सहजै २७–२५ ले जित निकाल्यो । चौथो सेटमा भने आर्मीले खेल सुधार्दै २५–२० ले विजयी भएपछि खेलमा फर्कियो ।

Batas

तर निर्णायक सेट भने एपिएफले आर्मीमाथी दवाब राख्दै १५–७ नतिजा सहित जित्यो । यो जितसँगै एपिएफले दुई खेलबाट २ अंक जम्मा गरेको छ । फाईनलमा पुग्नका लागि भने शुक्रबार हुने खेलमा डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउन पर्छ ।

त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई न्यू डायमण्ड एकेडेमीले ३–१ सेटले पराजित गर्दै फाईनका लागि स्थान सुरक्षित बनायो । पहिलो सेट डायमण्डले २७–२५ ले जित निकाल्यो ।

दोस्रो सेट भने नेपाल पलिस क्लबले २९–३१ को नतिजा सहित सेट कब्जा गर्याे । फेरी खेललाई सुधार्दै डायमण्डले लगातार तेस्रो र चौथो सेट क्रमश २७–२५ र २५–१६ को नतिजा सहित जित निकाल्यो । यो जितसँगै डायमण्डले ४ अंक जोडेको छ ।

त्यस्तै आजको पुरुष खेल तर्फ एपीएफलाई ३–० को सोझो सेटले त्रिभुवन आर्मी क्लबले पराजित गर्याे ।

एपीएफमाथी २५–२३ को नतिजा सहित पहिलो सेट कब्जा गर्याे । त्यस्तै दोस्रो सेट पनि आर्मीले नै २५–२१ सहित जित निकाल्यो । त्यस्तै तेस्रो सटेमा समेत एपीएफलाई दवाबमा राख्दै आर्मीले २५–१८ नतिजा सहित जित निकाल्यो यो सँगै आर्मीले ३ अंक जोडेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.