www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको सिरान्चोकमा यस्तो बोलेकी थिईन नेतृ झाँक्रीले

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्री बिहीबार पक्राउ परिन् ।

प्रहरीले उनलाई शंखमूलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । झाँक्रीले गत माघ १७ गते गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा आयोजित विरोध सभामा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गरेकी थिइन् ।

Batas

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भूल भएको झाँक्रीको भनाइ थियो। सो कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानीको संज्ञा दिएकी थिइन् ।

सोही विषयमा उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत संहिताको दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।

यस्तो थियो कार्यक्रममा झाँक्रीले राष्ट्रपतिमाथि दिएको अभिव्यक्ति –

राष्ट्रपतिका कुरा त के गर्ने । बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदनको दिन । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु ।

निर्वाचनको तयारीका लागि कार्गेड छाडेर, सुख सुविधा ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं ।

तपाइँका लागि म पनि भारी हुन सक्छु । त्यसकारण बडा महारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धे दृष्टी लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टी फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन । त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भूल थियो ।

यहाँ अन्यथा नहोस् । तमामा दिदी बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडी सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत साँस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीर हरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सहि हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो ।

धरानमा मेयरचाहीँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टीमेन्टको, इमोशनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ । कपाल देखाएर, नाक देखाएर छाला देखाएर लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ ।

दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाउँ भनेर सचिवालयका सबै नेताहरुको घरमा देउसी खेल्न गएको हामी । उहाँहरुले कानमा तेल हाल्नुभो । त्यतिन्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुरदर्शी थियौं भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्‍याइ तेहेर्‍याइ किन राख्ने ?

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.