www.tandavnews.com
Fact ~ In search of truth

जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउन थपियो

एजेन्सी,
ताण्डव न्यूज ।

जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ ।

हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो । जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए ।

Batas

उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् । जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो ।

यो लकडाउनको अवधि यही फेब्रुवरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो । सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ ।

अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो । यो अवस्था अहिले पनि जारी छ । जर्मनीका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ ।

यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.