www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारीको दुर्घटनामा मृत्यु भएपश्चात सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

लमजुङ ।

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ ।

बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए ।

Batas

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इञ्जिनीयर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, आयोजनाका इञ्जिनीयर सुनिलकुमार शाह घाइते भएका छन् । त्यस्तै, सोही जीपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाइते भएका छन् । प्रहरीका अनुसार सो जीप सडकबाट १२० मिटर तल जीप खसेर दुर्घटना भएको थियो ।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता(पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।

आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.