पोखरा ,
ताण्डव न्यूज ।
नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् । नेता खनाल शरीर काँप्ने रोगको उपचारको लागि आज (शुक्रबार) दिल्ली प्रस्थान गएका हुन् । नेता खनाल बिहान साढे ११ बजे दिल्लीतर्फ प्रस्थान गरेका हुन्।
नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला नेता खनाल आफ्नो स्वास्थ्य उपचारका दिल्ली जान लागेका हुन्।नेकपा प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालका अनुसार दिल्ली रहँदा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छैन।

खनाल आगामी सोमबार स्वदेश फर्कने जनाइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.