www.tandavnews.com
Fact ~ In search of truth

चीन सरकारले लगायो बीबीसी प्रसारणमा प्रतिबन्ध

काठमाडौं ।

चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी प्रसारण बन्द गरेको छ ।

बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएसँगै अब चिनमा बीबीसी नसुनिने भएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ।

Batas

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ।हालै मात्र बिबिसीले चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा चिनियाँ व्यवस्थाका कारण नागरिकमाथि बलात्कार, यौन र श्रम शोषण भइरहेको समाचार साम्रगी प्रसारण गरेको थियो । जसको चीनमा आलोचना भएको थियो ।

बीबीसीले चिनियाँ सरकारको निर्णयबाट निराश भएको प्रतिक्रिया दिएको छ।सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

बिबिसीले चीनमा आफ्नो प्रसारण बन्द गरिनु दुःखद भएपनि बिना डर, धम्की निष्पक्षपूर्ण समाचार सामग्री प्रस्तुत गर्ने बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.