www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीले गलत कदम चाले : अधिकारकर्मी

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक समाजका अगुवाहरुले खबरदारी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको हो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री तानाशाही हुन खोजको आरोप लगाए । उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र उनीहरुले लोकतन्त्रलाई नष्ट गर्न खोजेको भन्दै असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजिवी एकै ठाउँमा आउनुपर्ने बताए ।

Batas

कार्यक्रममा प्राध्यापक डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको कर्तव्य रहेको भन्दै आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरेको टिप्पणी गरे ।

नेपाली कांग्रेसका नेता सकलदेव सुतियारले सरकारको संवैधानिक निर्णयलाई राष्ट्रपतिले सदर गरेपछि आन्दोलित बन्नु परेको बताए । विरोध कार्यक्रममा प्राध्यापक संघ, चिकित्सा संघ, इन्जिनियर संघलगायत बुद्धिजिवीलगायतले धर्ना दिँदै खबरदारी गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.