www.tandavnews.com
Fact ~ In search of truth

प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलन: ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीले सास फेर्न कसको सिफारिस चाहिन्छ ?

काठमाडौंँ, ।
ताण्डव न्यूज ।

काठमाडौँमा आज प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनले महिला मार्च प्रर्दशन गरेको छ ।

देशका विभिन्न ठाउँमा भएको महिला हिंसा, बलात्कार, हत्या र दण्डहीनता अन्त्यको माग गर्दै नागरिक आन्दोलनले महिला मार्च निकालेको हो ।

Batas

नागरिक आन्दोलनले काठमाडौंको बसन्तपुरबाट न्यूरोड , रत्नपार्क , भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडक सम्म महिला मार्च निकालेको हो ।

मार्च सहभागीले ए हजुर, एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाइन्छ लगायतका प्लेकार्ड बोकेका थिए ।
विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.