www.tandavnews.com
Fact ~ In search of truth

तरङ्गीनिले गर्यो खाद्यान्न हस्तान्तरण

पोखरा
ताण्डव न्यूज ।

महिलाहरु आर्थिक रुपमा सवल नबनेसम्म उनीहरुको अधिकार सुनिश्चित हुन कठिन हुने पोखरा महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले बताएकी छिन् । पोखरा महानगर महिला अधिकारको सुनिश्चिताको लागि सँधै तत्पर रहेको उनले बताईन् ।

तरङ्गीनी फाउनडेसनको आयोजना तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संयोजनमा पोखरामा शुक्रबार आयोजित खाद्यन्न बितरण कार्यक्रममा उप–प्रमुख गुरुङले महानगरले सञ्चालन गरिरहेको उपप्रमुखसंग महिला कार्यत्रम मार्फत महिलाका आम सवालहरुमा केन्द्रित भएर कार्य भैरहेको बताईन् । महिलाको अधिकार स्थापना, बालबालिकाको संरक्षण र मानव बेचविखन विरुद्ध गैरसरकारी संस्था थ्रि एन्जल्स नेपालले उदहारणीय कार्य गरेको उनको भनाई थियो ।

Batas

केन्द्र देखि स्थानिय तह सम्म जोडिएर कार्य गर्ने तरङ्गीनी फाउनडेसनले महिला हरुको हक हित संरक्षण, हिंसा पिडित महिलाको सुरक्षाको क्षेत्रमा कार्य गर्दै आएको छ । सामाजिक मन्त्रालयको सिफारिसमा लामो समय देखि मानब बेचबिखन बिरुद्ध कार्य गर्दै आएको थ्रि एन्जल्स नेपाललाई फाउनडेसनले हामी सगै छौ भन्ने परियोजना अन्तरगत खाद्यन्न वितरण गरेको हो ।

प्रमुख अतिथि गुरुङ्गद्धारा हस्तान्तरण गरिएको खाद्यन्न थ्रि एन्जल्स नेपालका कोषाध्यक्ष रमेश पान्डेले ग्रहण गरे । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष प्रकास पौडेलले मानव सेवका लागि थ्रि एन्जल्स नेपालले गरेको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा समाजसेवी मिना गुरुङले थ्रि एन्जल्स नेपालले गरेको मानवीय सेवाबाट प्रभावित भएर संस्थाले गर्ने सेवाको काममा थोरै भएपनि तरङ्गीनि फाउण्डेशनले सघाएको भन्दै खुसी व्यक्त गरिन् ।

सो अवसरमा थ्रि एन्जल्स नेपालको परिचय दिँदै मानव संसाधन विभाग म्यानेजर किशान बहादुर गुरुङले उद्धार रोकथाम र पुनस्थापनाको माध्यमबाट संस्थाले मानव बेचविखन विरुद्ध सक्रिय कार्य गरिरहेको बताए । उनले संस्थाले विद्यालय, सेफ होम, रेडयो, सहकारी, आम्दानी प्रदायक विभाग समेत संस्थाले सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रमका सभाध्यक्ष महिला मानब अधिकार संजालकी अध्यक्ष तारा थापाले लामो समय देखि थ्रि एन्जल्स नेपालसँग सहकार्य गर्दै आएको बताउदै कुनैपनि कार्यलाय सफल, सहज र सरल बनाउन सहकार्यले महत्वपूर्ण भूमीका खेल्ने बताईन् ।

कार्यक्रममा पोखरा महानगरपालिका न्यायकि समितिका सदस्य पार्वती कार्की, महिला मानवअधिकार सञ्जालका पूर्व अध्यक्ष एवं सल्लाहकार सवनम शर्मा, तरङ्गीनी फाउनडेसनका कार्यक्रम संयोजक सृष्टि बर्जचार्य,ले पनिआ आफ्नो धारणा राखेका थिए । महिला मानब अधिकार सञ्जालका उपाध्यक्ष इन्द्रकुमारी शर्माले स्वागत मन्त्व्य व्यक्त गरेकी थिईन भने थ्रि एन्जल्स सामुदायिक रेडियोका समचार प्रमुख जीवन सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.