www.tandavnews.com
Fact ~ In search of truth

छात्रालाई होटल पुर्याएका राष्ट्रिय माविका शिक्षक जेल चलान

पोखरा
ताण्डव न्यूज ।

पोखराको टुँडीखेल स्थित राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेल चलान भएका छन् ।

विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

Batas

शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई परिक्षा दिन मिल्छ भन्दै मोटरसाईकलको पछाडि राखेर रुपााताल किनारस्थित एक होटलमा पु¥याएका थिए । मौका परिक्षा विद्यालयमै लिनुपर्ने नियम विपरित उनले होटलसम्म पु¥याएको बारे २ महिनापछि खुलासा भएको थियो ।

छात्रालाई होटलको कोठामा लगेर बियर र मासु खाँदै छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीमाथि लागेको थियो । त्यसपछि प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उक्त मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटाीलाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।

कोरोना महमामारी पछि विद्यालय स्वयंले सञ्चालन गरेको कक्षा ११ को परीक्षा अमर्यादित बनाएको आरोप लागेका अरु ३ जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुठो भएको बयान दिएका थिए । बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो । उक्त परीक्षा अमर्यादित बनाएको आरोप विद्यालयका प्रअ सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र विद्यार्थीलाई समेत थियो ।

अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५र७५ हजार, प्रअ तिवारीसँग ५० हजार, विद्यार्थीसँग ५० हजार धरौटी मागेको थियो । बस्ताकोटीबाहेक अरु सबैजना धरौटी तिरेर छुटेका हुन् । अदालतले अहिलेको अवस्थामा परीक्षा अमर्यादित बनाएको मुद्दामा उनीहरु निर्दोष भन्ने नदिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी धरौटी मागेको हो । जबरजस्ती मुद्दामा पनि शिक्षक बस्ताकोटीलाई अहिलेका प्रमाणका आधारमा निर्दोष भन्न सकिने अवस्था नभएको हुँदा पछि ठहरे बमोजिम हुने गरी कारागारमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.