अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।
पोखरा–६ लेकसाईडस्थित कुटी रिसोर्टमा माघ २० गते भएको घटनामा नेपाल तरुण दल कास्की जिल्ला कार्यसमिति सदस्य गिरबहादुर पुन ‘ गिरे हिपहप’को पनि संलग्नता रहेको भनी किटानी जाहेरी परेको छ ।
आरोपी जोगाउन नेपाल तरुण दल कास्की र काँग्रेस निकट विद्यार्थी सघंले प्रेस विज्ञप्ती जारी गरेको छ । पोखरा—१७ छोरेपाटन बस्ने वर्ष ३० को युवा नेता तथा निर्माण व्यवसायी हिक्मतजंग कार्कीले दिएको जाहेरीमा स्पष्ट कसुर गर्ने व्यक्तिको नाम थर ठेगाना उल्लेख गरिएको छ । जसमा पोखरा—२ अर्चलबोट बस्ने ३६ वर्षका गिरबहादुर पुन ‘हिपहप’को नाम किटान नै गरेर जाहेरी दिएको छ ।

पीडितका अनुसार कुटपिटमा आफुलाई कुटपिट गर्नेमा मुख्य नाइके पोखरा अर्चलबोटका ‘सञ्जय पीडित’ भनिने सञ्जय श्रेष्ठ र ‘गिरे हिपहप’ हुन् ।
गुण्डागर्दी शैलीमा कुटपिट गर्नेमा उनीहरुसँगै पोखरा ७ एयरपोर्ट बस्ने २२ वर्षका समु गुरुङ भन्ने सुनिता गुरुङ, पोखरा ९ नयाँ बजारका ३३ बर्षका हम्पे भन्ने नविन लामाको नाम जाहेरीमा किटान गरिएको छ । त्यसैगरी पीडितले नचिनेका ३ जना युवाहरुको संलग्नता रहेको जोहरीमा उल्लेख छ ।
तरुण दल र काँग्रेस निकट विद्यार्थी संगठनले विज्ञप्तीमा भने जस्तै यदी तरुण दलका सदस्य ‘गिरे हिपहप’को संलग्नता नरहेको भए या विवाद मिलाउन गएको भए किन भागेर हिडेको भन्ने प्रश्न आएको एक प्रहरी स्रोतले बतायो । ‘पीडितले किटानीनै गरेर जाहेरी दिएको छ भने यस्तो संघ संस्थाले विज्ञप्ती निकालेर केही हुदैन्,’ स्रोतले भन्यो, ‘संगठनले विज्ञप्तीमा उल्लेख गरे जस्तै गल्ती नभएको मान्छे, त्यो पनि तरुण दलको नेता रे, अनि कानुनसँग किन डराएको ? गल्ती नै छैन भने किन फरार हुनु प¥यो? पीडितको गाला र टाउकोमा चोट लागेको छ । त्यसको चेक—जाँज रिपोर्ट प्रहरीसँग छ, अपराधीलाई विज्ञप्तीकै भरमा उम्कन पाउछ भन्ने नसोचे पनि हुन्छ । यदी गल्ती छ भने उनीहरुलाई कारवाही जसरी पनि हुन्छ ।’
हेर्नुहाेस् विज्ञप्ती
तरुण दल कास्की र काँग्रेसका विद्यार्थी संगठनले विज्ञप्तिमा उल्लेख गरे जस्तै रिसोर्टमा केही युवाहरुको दुई पक्षिय सामान्य विवाद भनिएको छ, तर त्यहाँ पीडित कार्कीलाई मात्र गुण्डागर्दी शैलीमा आएर उनीहरुले कुटपिट गरेको पीडितले बताएका छन् । ‘घटना नबुझी अनावश्यक रुपमा विज्ञप्ती निकाल्ने काम भएको छ, कसैको विवाद मिलाउन १० वजे राती कोही आउँछ ?’ कार्कीले भने, ‘गिरेले विवाद मिलाउन काम गरेका होइनन्, उल्टो मुक्का हानेका हुन् । विज्ञप्तीमा दुई पक्ष भन्ने शब्द हालेर भ्रम पार्न खोजिएको छ, यदी दुई पक्षियको सामान्य विवाद हो भने त्यही तरुण दलको सदस्य गिरेले भनोस् अर्को पक्षमा को थियो । भ्रमको खेती गरेर घटना र अपराध लुक्दैन । प्रहरीले अनुसन्धान गरेर सबै पत्ता लागउने छ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुभाष मल्लका अनुसार आरोपीहरुको खोज कार्य जारी रहेको छ ।
हेर्नुहोस् ! पिडितले दिएको किटानी जाहेरी
सम्बन्धीत न्यूज
पोखरामा गुण्डागर्दी ? फरार ‘सञ्जय पीडित’
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.