www.tandavnews.com
Fact ~ In search of truth

यस्तो बनाईयो निर्वाचन आचारसंहिताको मस्यौदा , फागुन दोस्रो सातादेखि लागू गर्ने तयारी

काठमाण्डौ
ताण्डव न्यूज ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।

मस्यौदामा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने र कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित कुनै पनि सामग्री उत्पादन र विक्रि वितरण गर्न नपाईले कुरा पनि आचारसंहितामा समेटिएको छ ।

Batas

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने लगायतका विषय उल्लेख गरिएको छ । सबै दलहरुसँगको छलफलपछि आयोगले फागुन दोस्रो साताबाट आचारसंहिता लागु गर्ने तयारी गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.