पोखरा,
ताण्डव न्यूज ।
आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस ।
विश्वभर आपसमा प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ।आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फुल तथा विभिन्न उपहार आदानप्रदान गरी दिवस मनाउने गरिन्छ। क्रिष्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन् २६९ देखि हो।

दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो। युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ।
रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए। शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो।
सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए। त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको हो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.