www.tandavnews.com
Fact ~ In search of truth

शैक्षिक सत्रमा दुई महिना थप, जेठसम्म लम्ब्याउने तयारी

काठमाडौँ ।

यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ ।

Batas

नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ । तर यस वर्ष कोरोना महामारीले पठनपाठन प्रभावित भएकाले चालु शैक्षिक सत्रमा दुई महिना थप गर्न लागिएको हो । शैक्षिक सत्र लम्बिए विद्यालय तहका सबै कक्षाका वार्षिक परीक्षा जेठको अन्तिममा हुनेछ भने असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।

मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो ।

शिक्षा सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषद्को निर्णयअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु गरिएको जनाए । ‘सरोकारवाला र शिक्षाविद्हरूले जेठसम्म शैक्षिक सत्र लम्ब्याउन सुझाव दिएको मैनालीले बताए । उनको अनुसार कानुन मन्त्रालयको स्वीकृति पाएपछि नियमावली संशोधन गरेर निर्णय लिइने छ ।

कोरोनाले शैक्षिक क्षति भएका कारण चालु शैक्षिक सत्रलाई १४ महिनाको बनाउनुपर्ने र आगामी शैक्षिक सत्रलाई १० महिनाभित्रै सिध्याउनुपर्ने सुझाव शिक्षाविद्हरूको छ । आगामी शैक्षिक सत्रको हिउँदे र बर्खे बिदासमेत कटौती गरेर शैक्षिक सत्र पूरा गर्न मन्त्रालयमा छलफल चलिरहेको छ ।

शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको विषयमा नियमावली संशोधन गरी एकैचोटि टुंगो लाग्ने मैनालीले जनाए । उनले एसईई परीक्षा, शैक्षिक सत्रलगायत विषयमा रहेको अन्योल अन्त्य भएको बताए । एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने राष्ट्रिय परीक्षा बोर्डले निर्णयसहित समयतालिका प्रकाशित गर्नेछ ।

परीक्षाका लागि आवेदन दिने म्याद फागुन ६ गतेसम्म तोकिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.