www.tandavnews.com
Fact ~ In search of truth

नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने विनयजंग विरुद्ध सपनाले दिइन् जाहेरी

काठमाडौँ ।

केही समयदेखि विवादमा आएकी सपना रोका मगरले विनयजंग बस्नेत विरुद्ध जाहेरी दिएकी छिन् ।

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनाले बुबा मान्दै आएकी विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

Batas

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन्।

जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन प्रहरी टोली अदालत गएको छ। पुर्जी आएपछि बस्नेतलाई प्रहरीले पक्राउ गर्नेछन् ।सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गरेका उनीहरुबीचको सम्बन्धमा  सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा  परेपछि तिक्तता आएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.