पोखरा,
ताण्डव न्यूज ।
संसद विघटनविरुद्ध सडक आन्दोलनमा रहेको नेकपाको प्रचण्ड नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ।
प्रचण्ड नेपाल समूहले आज पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि चौथो चरणको आन्दोलनको घोषणा गरेको हो । यस समूहले फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेता योगेश भट्टराईले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा छ। उसले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो।
प्रतिनिधि सभा विघटन सच्याउन तेस्रो चरणमा आन्दोलन गर्न लागेको नेता भट्टराईले बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.