काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिको प्रदर्शन व्यापक बनाउन अपिल गरेका छन् ।
संसद विघटन विरुद्धमा भोलि (सोमबार) हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाले निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

सभापति देउवाले आज(आइतबार) जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने जनाइएको छ
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.